रौतहट ।। रौतहटसहितका तराई–मधेसमा शनिबार बेलुकादेखिको वर्षाले राहत मिलेको छ । प्रचण्ड गर्मीबीच करिब साउन महिनादेखि वर्षा नभएपछि शनिबार बेलुकादेखि निरन्तर पानी परेपछि किसानले राहतको सास फेरेका छन् ।
भदौ महिनाको वर्षा जिल्ला तथा तराई–मधेशवासीलाई अमृत बर्सेझैँ भएको छ । यस वर्षाले धानमा पानी पुगेपछि पहिलेको रोपो जाग्ने किसानलाई आशा जागेको हो । जिल्लामा भदौ शुरुवातमा शनिबार बेलुकादेखि पानी परेको थियो ।
धान अब के होला भनेर आशा मारेका थियौँ ,पछिल्लो वर्षाले फेरि आशा जगाएको भन्नुहुँदै, रौतहटको गौर नगरपालिका –७ का किसान हरेन्द्र पासवानले भन्नुभयो, ‘‘अब पानीले साथ दिएकाले रोपिएको धानलाई भने अमृत नै भएको छ ।’’
यो वर्षा तराई–मधेसका सबैजसो जिल्लामा भएको छ । यो पछिल्लो वर्षाले तालु फुट्लाजस्तो चर्को घामको रोपबाट राहत भएको छ । लगातारको प्रचण्ड रापले चरन क्षेत्रमा सुकेका घाँसका झाम्टा अब पलाउने र गाईवस्तु चराउन पाइने पशुपालक किसानले खुशी व्यक्त गरेका छन् । मधेश प्रदेशमा मात्रै ४३ हजार ९ सय ९१ हेक्टरमा यसको खेती हुन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here