रौतहट ।। जिल्ला निर्वाचन कार्यालय रौतहटको आयोजनामा मतदाता नामावली अद्यावधिक दावी विरोध सम्वन्धी सरोकारबालाहरु सँगको अन्तर्क्रिया कार्यक्रम रौतहट जिल्लाको सदरमुकाम गौरमा शुक्रवार संपन्न भएको छ ।
मङ्सिर ४ मा हुने संघीय तथा प्रादेशिक निर्वाचनका लागि मतदाताहरुको नामावली संशोधन सुधार गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले मतदाता नामावलीमा भएका त्रुटि सच्याउन र मृत्यु भएका व्यक्तिको नाम हटाऊँनका लागि निर्वाचन आयोगले निर्धारण गरेको समय भित्र दावी विरोध गर्न सवैलाइ आग्रह गरे ।
रौतहट जिल्लामा ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभामा गरी ४ लाख १९ हजार २ सय २१ मतदाता रहेको जानकारी समेत गराए । भाद्र १२ गते देखि १९ गते सम्म कार्यक्रम सञ्चालन हुने भएकोले मृत्यु भएका मतदाता को विषयमा जिल्ला निर्वाचन आयोग कार्यालयमा जानकारी गराउन समेत आग्रह गरे ।
जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष राम आयोध्या यादवको प्रमुख आतिथ्यमा संपन्न भएको सो कार्यक्रममा नेपाल प्रहरीका एसपी वीरबहादुर बूढ़ा मगर , सशस्त्र प्रहरीका डीएसपी क्षितिज क्षेत्री , मौलपुर नगरपालिकाका नगर प्रमुख रीना साह , माधव नारायण नगरपालिकाका नगरप्रमुख बैजू यादव , परोहा नगरपालिकाका उपप्रमुख सुगन्धि गिरी लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि , नगरपालिकाका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
मतदाता नामावली अद्यावधिक दावी विरोध सम्वन्धी अन्तरकृया सम्पन्न
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।