काठमाडाैं ।। गत २४ घन्टामा देशभर ८ सय ५२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ३ सय ८३ कोरोना परीक्षण गर्दा ८ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ८ सय ७६ कोरोना परीक्षण गर्दा ५ सय ३१ जना र २ हजार ५ सय ७ एन्टिजेन परीक्षण गर्दा ३ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ३ सय २८ जना स्वस्थ भएका छन् भने १ लाख ८९ हजार ७ सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ६२ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here