काठमाडाैं ।। संसद्ले तीन वटा विधेयक पारित गर्ने तयारी गरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको आजको बैठकमा तथ्याङ्क विधेयक, शपथ सम्बन्धी विधेयक र शहरी क्षेत्र सावर्जनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधयेक पारितका लागि सम्बन्धीत मन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार त्यसअघि यी विधेयक माथि दफावार छलफलको लागि सदनमा प्रस्ताव प्रस्तुत हुनेछ । यस्तै आज दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकमा बेपत्ता पारितएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश पेश हुने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बताउनुभयो । उहाँका अनुसार योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here