रौतहट ।। रौतहट बौधीमाई नगरपालिका वडा नं.३ जिउताही टोलको पसलहरुमा जाली नोट दिएको खवर पछि प्रहरीले ४ जनालार्इ नियन्त्रणमा लिएका छ ।
गत बुधवारका दिन जिउताही टोलमा पञ्चमीको अवसरमा लागेको मेलामा सर(सामान किन्ने क्रममा पासमा जाली रूपैया दिएका भन्दै प्रहरीले बौधीमाई नगरपालिका वडा नं. ४ ईनरवारी वस्ने जदुन्नदन राउतको छोरा अं. बर्ष २६ को सन्तोष पटेलकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट १ हजारको १ थान जाली नोट फेला परेको र मेलामा पसल गरी सर(सामान बेच्ने ब्यक्तीहरुबाट १हजार को १९ थान समेत गरी जम्मा २० थान रु.२० बिस हजार जाली नोट फेला परे पछि सन्तोष पटेल सहित शंकास्पद तथा संलग्न रहेका बौधीमाई न.पा.४ वस्ने शंकर दासको छोरा बर्ष २९ को देवनारायण दास, भबिखन राय भाटका छोरा अं. बर्ष २२ को फुल महम्द, हफिज राय भाटको छोरा अं. बर्ष २४ का नौसाद आलम पक्राउ गरि अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरले जनाएका छ ।
नेपाली जाली रुपैया सहित चार जना पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












