काठमाडाैं ।। आज मन्त्रीपरिषद् बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति घोषणा गर्ने तयारी भएको छ । एक जना मन्त्रीका अनुसार आजको बैठकको ठोस एजेण्डा नभए पनि चुनावको मिति भने घोषणा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार आजको मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी भएको हो । यसअघि निर्वाचन आयोगले आउँदो मङ्सिरको २ गतेभित्रै चुनाव गर्ने गरि मिति घोषणा गर्न सिफारिस गरेको थियो । सत्ता गठबन्धनका दलहरू आउँदो मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्न सहमत भइसकेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।