सुनसरी ।। सप्तकोसी नदीमा ठूलो बाढी आएको छ । सुनसरीको चतरामा बिहानैदेखि बाढीको सतह सतर्कताको तहमा पुगेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले जनाएको छ । ठूलो बाढी आएपछि केन्द्रले उदयपुर, सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्र आसपासका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कोसीको बाढी उदयपुरको बेलका नगरपालिकाको डुम्रीबाट बस्तीमा पस्न थालेको छ । नदी किनारका केही बासिन्दाले सुरक्षित ठाउँको खोजी गर्दै घर छाड्न थालेका प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here