काठमाडाैं ।। नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको एक वर्षमा हरेक क्षेत्रमा महँगी बढेको र नागरिकको जीवन कष्टकर बनेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी भएकाहरूले ग्यास सिलिण्डर सहित विभिन्न ब्यानर बोकेर विरोध जनाएका थिए । ईन्धन, ग्यास लगायत खाद्यबस्तुमा अत्याधिक मुल्यबृद्धी भएको भन्दै एमाले विरोधमा उत्रिएको हो । आज राजधानीका विभिन्न स्थानबाट निस्केको ¥यालीमा काठमाडौं, ललितपुर, भक्तपुरका प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रिय विभागका सदस्यहरू सहभागि भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here