काठमाडौं ।। काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा मृत फेला परेका चारै जनाको शरीरमा चोटपटक देखिएको छ। सबैको शरीरमा चक्कु प्रहार भएको देखिएको उपत्यका प्रहरी अपराध महाशाखाका एक अधिकारीले बताए ।
उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ। घटनास्थलमा रहेका प्रहरीका अनुसार बाह्य मान्छे पुगेर हत्या गरेको जस्तो भने देखिएको छैन।
उनीहरु मृत फेला परेको घरको कोठा भित्रबाटै बन्द थियो। सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृत फेला परेका थिए। दिनेश भने झुण्डिएको अवस्थामा फेला परेका छन्। उनको पनि शरीरमा चोट पटक देखिएको छ।
घटनास्थलमा भेटिएको चक्कु पनि सोही घरको किचनको भएको खुलेको छ। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान तथा मुचुल्का गरिरहेको छ।काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थलीमा मृत फेला परेका चारै जनाको शरीरमा चोटपटक देखिएको छ। सबैको शरीरमा चक्कु प्रहार भएको देखिएको उपत्यका प्रहरी अपराध महाशाखाका एक अधिकारीले बताए।
उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ। घटनास्थलमा रहेका प्रहरीका अनुसार बाह्य मान्छे पुगेर हत्या गरेको जस्तो भने देखिएको छैन।
उनीहरु मृत फेला परेको घरको कोठा भित्रबाटै बन्द थियो। सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृत फेला परेका थिए। दिनेश भने झुण्डिएको अवस्थामा फेला परेका छन्। उनको पनि शरीरमा चोट पटक देखिएको छ।
घटनास्थलमा भेटिएको चक्कु पनि सोही घरको किचनको भएको खुलेको छ। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान तथा मुचुल्का गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here