काठमाडौं ।। अर्थमन्त्रीबाट राजीनामा दिएको तीन सातापछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । शर्मामाथि छानबिन गर्न बनेको समितिले ‘क्लिन चिट’ दिएपछि माओवादी केन्द्रले उनलाई पुनः अर्थमन्त्री बनाउन लागेको हो । माओवादी स्रोतका अनुसार शर्माले आजै अर्थमन्त्रीमा शपथ लिँदै छन् ।
राष्ट्रपति कार्यालयले आजै साँझ ५ बजे अर्थमन्त्रीको शपथको तयारी गरेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज बिहान १० बजे भेट भएको माओवादी केन्द्रले जनाएको छ । भेटमा के कुरा भयो भन्ने विषयमा यकिन जानकारी नभएको स्रोतको भनाइ छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर भएको आरोप लागेपछि शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए। त्यसअघि सोही दिन प्रतिनिधिसभाले उनीमाथि छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेको थियो । उक्त समितिले बुझाएको प्रतिवेदनमा तत्कालीन अर्थमन्त्री शर्मालाई ‘क्लिन चिट’ दिएपछि दिएको थियो। शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here