काठमाडाैं ।। नेपालमा आज पछिल्लाे २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै आज थप २०२ जना कोरोना भाईरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ९२९ पुगेको छ । कोरोना भाईरसको संक्रमणबाट १ जना सङ्क्रमितको मृत्युसमेत भएको छ । पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।