रौतहट ।। रौतहट प्रहरीले जोखिममा रहेका दुई बालबालिकालाई उद्धार गरेको छ । सदरमुकाम गौर नगरपालिका वडा नं. ५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रमबाट जोखिममा रहेको बालबालिकाहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय वालअधिकार परिषद, वालवालिका खोजतलास प्रदेश समन्वय केन्द्र, सि।जप।, वाल हेल्प लाईन १०९८ कलैया बारा, सम्बन्धित वडा अध्यक्ष र जिल्ला प्रहरी कार्यालय रौतहट गौर लगायत अन्य जनप्रतिनिधीहरुको सहयोगमा ती बालिकाहरूलाइ उद्धार गरिएको हो ।
अन्दाजी वर्ष १३ की मनिषा कुमारी र अन्दाजी वर्ष ७ की खुसी कुमारीलाई उद्दार गरी अस्थायी संरक्षण केन्द्रमा सुरक्षित साथ राख्नको लागि ती वातबालिकाहरुलाई सो संस्थाको कार्यक्रम संयोजक मुकेश कुशवहालाई जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here