रौतहट ।। रौतहट जिल्ला अदालत बार एशोसिएशनको जिल्ला कार्य समितिको सम्पूर्ण पदाधिकारी सर्व सहमति बाट निर्वाचित भएका छन् ।
निर्वाचनमा १७ जना सहभागी भएकोमा आपसी समझदारीबाट निर्विरोध निर्वाचन सम्पन्न भएको हो । अध्यक्षमा अधिवक्ता नन्द किशोर साह चुनिएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता मोहमद मजरुल हक ले जानकारी दिएका छन् ।
विद्वानहरुको संगठन रहेका बार एशोसिएशनको नया कार्य समितिको निर्वाचन निर्विरोध सम्पन्न गरेर एकता सहकार्यको संदेश दिएका छन् ।
उपाध्यक्षमा राम विनोद प्रसाद पटेल , सचिवमा रमेश कुमार यादव , कोषाध्यक्षमा अनोज कुमार यादव सदस्यमा मोहमद अतिकुर रहमान , सुरेश प्रसाद श्रीवास्त ,सबुरीलाल ठाकुर , शेख मैनुदिन , अच्युतम बहादुर क्षेत्री निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।
त्यस्तै पार्षदमा महेन्द्र दास , निकुंत नारायण झा , राम्भु महतो निर्विरोध भएको निर्वाचन अधिकृत हक ले जनाएको छ । नेतृत्व तह मा युवा हरुलाई जिम्मेवारी दिएको समेत उहाले जनाए ।
बार एशोसिएशनका अध्यक्षमा साह सहित सवै पदाधिकारी निर्विरोध निर्वाचित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।