रौतहट ।। रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ६ भिमडावर निवासी मोह नारायण यादवले मिटर व्याजीले रकम लिएर भूमिहीन बनेको आरोप लागेका छन् ।
स्थानीय वडा नम्बर ५ पिपरिया दोस्तिया निवासी खुब्लाल रायको छोरा खहेरु राय यादवले २ लाख नगद दिएर ८ लाखको २ वटा कपाली तमसुकको कागज बनेको बताउदै पिडित यादवले लिएको पैसाको व्याज जोडेर भुक्तानी गर्दा एउटा कागज मात्र फिर्ता दिएको बताए ।
अर्को कागज फिर्ता दिनु भन्दा आज भोलि दिन्छु भन्दै आलटाल गर्दै आइ पछि जिल्ला अदालतमा मुद्दा गरेर मेरो भएको २ कत्था जग्गा समेत लिलामी गराएर भूमिहीन बनेको दुखेसो पोखे ।
गाउ समाजमा लिएको रकमको व्याज जोडेर फिर्ता दिन लाग्दा पनि नलिएर म लाइ बेघर बनाउन लागेको उनले बताए । मिटर व्यजिको करोवारी गर्ने खहेरु रायले ४ लाख १५ हजार नगद रुपैया समेत लिइसकेको दावी पिडितको रहेको छ ।
मूलधन फिर्ता दिएर व्याज समेत दिन तयार हुदा पनि पीडक धनीले मेरो जग्गा लिलामी गरेको भनाइ उहाको रहेको छ । पैसा लिएर जग्गा लिलाम गराउने धनि माथि कानुनी कार्यवाही गर्नको लागि प्रहरीमा समेत उजुरी दिएको बताए ।
झुक्याएर २ वटा कपाली कागज बनाएको पीडक खाहेरु रायले गलत नियत राखेर गरिवलाइ सुकुम्वासी बनाउन लागेकोमा त्यस्ता मिटर व्याजीलाइ कानुनी दयारामा ल्याएर कार्यवाही गर्नु पर्ने मोह नारायण यादवले माग गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here