एजेन्सी ।। मानसिक स्वास्थ्यमा केही नकारात्मक लक्षणको महसुस भए मानसिक चिकित्सककहाँ सल्लाह लिन पुग्ने गरिन्छ । चिकित्सकसँग सल्लाहसँगै भोजनमा सन्तुलन गरेर पनि मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउन सकिन्छ ।
‘प्रिबायोटिक्स’ र ‘प्रोबायोटिक्स’
प्रिबायोटिक्स खानाले पेटमा रहेको ब्याक्टेरियालाई पोषण दिने काम गर्छन् । प्रोबाक्टेरिया भने आफैंमा स्वस्थक ब्याक्टेरिया हुन् ।
यस्ता भोजन÷आहारले पेटको स्थितिलाई सन्तुलन कायम गर्न मदत गर्छन् । दही, लसुन, प्याज, स्याउ, केरा, जहुँ, ओट्स जस्ता खानेकुरा प्रिबायोटिक्स र प्रोबायोटिक्स हुने खानेकुरा हुन् ।
मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलन गरेर विभिन्न फलफूल खानुपर्ने विज्ञहरूको सुझाव छ । फलफूल तथा सागसब्जी धेरै किसिमका पोषण तत्वका लागि स्रोत हुन् । फाइबर, कम्प्लेक्स कार्बोहाइड्रेट, भिटामिन बी, भिटामिन सी जस्ता तत्व फलफूल र सागसब्जीमा पाइन्छ ।
पछिल्लो समय गरिएको अध्ययनअनुसार धेरै फलफूल र सागसब्जी खाने व्यक्तिहरू बढी आशावादी रहेको तथा आत्मविश्वास एवम् मानसिक तनाव कम भएको पाइएको छ ।
खराब असर गर्ने केही बानी र खाना
खराब खाना र बानीले मानसिक स्वास्थ्यमा खराब असर गरिरहेको हुन्छ । यहाँ केही खाना र बानीहरू प्रस्तुत गरिएका छन् ः
– प्रोसेस्ड खानेकुरा
– मद्यपान
– अनियमित खानपान (खाना खाने समय एउटै नहुने)
– कम सुत्ने
सन्तुलित भोजनलाई कसरी लागू गराउने ?
मानिसलाई लागिसकेको बानी छुटाउन मुस्किल हुन्छ । यद्यपि निरन्तरको अभ्यासले त्यसलाई परिवर्तन गराउन सकिन्छ । यहाँ केही सुधारका लागि उपायहरू प्रस्तुत गरिएका छन् ।
– परिवर्तनलाई सजिलो ढङ्गमा लिने
– ध्यानपूर्वक खाने
– सानो स्तरमा सुरुवात गर्ने
– बिस्तारै प्रोसेस्ड खाना, जंक फूड नखाने
– सुधारको निगरानी गर्ने

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here