काठमाडाैं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका चार नेताले पार्टी छाडेका छन् । दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेको घोषणा गरेका हुन् । उनीहरूले अपमानित र निरीह भएर पार्टी भित्र बस्न सक्ने अवस्था नरहेको बताएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आजैका मितिदेखि साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएको उल्लेख गरेका छन् । उनीहरूले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेकोले यो अभियानमा आफूहरू निरन्तर क्रियाशील रहने बताएका छन् । हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले उनीहरूलाई स्पष्टीकरण लिएको थियो । गत बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिलनाथसहित नेताहरूलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो । पार्टी हितविपरीत गतिविधि गरेको आरोप राप्रपाको रहेको थियो ।
राप्रपाका चार नेताले पार्टी छोडे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।