काठमाडाैं ।। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष आज विवरण अध्यावधिकका लागि निर्वाचन आयोग जाने भएको छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीका अनुसार डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेपछिको विवरण अद्यावधिक गर्नको लागि आज आयोग जान लागिएको हो । वीरगञ्जमा गत बिहीवार सम्पन्न अध्यक्ष यादव समूह केन्द्रीय समितिको विस्तारित बैठकले सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराईसहित कार्यकारिणी समिति सदस्यहरू महिन्द्रराय यादव, हिसिला यमी, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, भक्तबहादुर साह, रमेश यादव र दानबहादुर चौधरीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा. भट्टराईलाई हटाएर सो जिम्मेवारी अशोक राईलाई दिने निर्णय गरेको थियो । निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्यता दिने गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here