काठमाडाैं ।। मनसुन चलिरहे पनि पर्याप्त पानी नपर्दा देशभर गर्मी बढेको छ । एक हप्तामा ३ देखि ७ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत शनिबार २७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको पोखराको हिजोको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । गत शनिबार २० डिग्री सेल्सियस रहेको जोमसोमको हिजोको तापक्रम २५ डिग्री मापन गरिएको छ । गत शनिबार २८ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौँको हिजोको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुुगेको छ । महाशाखाले दैनिक अद्यावधिक गर्ने २० वटा मापन केन्द्रमध्ये १३ वटाको अधिकतम तापक्रम ३० डिग्रीभन्दा माथि छ । तर आज र भोलि तापक्रम घट्ने गरि पानी पर्ने सम्भावना कम रहेको वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार पर्सिलाई भने देशका विभिन्न ठाउँमा भारी वर्षासमेत हुने देखिएकाले त्यसपछि भने अधिकतम तापक्रम थोरै भए पनि घट्नसक्नेछ । यसले केही राहत मिल्ने उहाँको भनाइ छ । आज र भोलि देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । तर पर्सि सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here