वीरगञ्ज ।। जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक वीरगञ्जमा शुरु भएको छ । उद्घाटन सत्रमा नेताहरुले आआफ्नो धारणा राखिरहेका छन् । जसपाका केन्द्रीय सदस्य एवं वन मन्त्री प्रदीप यादवले आउने संघीय चुनावमा पर्साका चारवटै क्षेत्र जसपाले जित्ने दावी गरे । उनले स्थानीय तहमा जसपाले वीरगञ्जमा राम्रो उपस्थिति देखाएको र आगामी चुनावमा चारवटै क्षेत्रमा जसपाले जित्ने दावी गरेका हुन् ।
वीरगञ्जको नगर सभा गृह (टाउन हल) मा शुरु भएको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वागत मन्तव्य राख्दै वीरगञ्ज आर्थिक राजधानी हो भन्ने कुराको अनुभूति नभएको धारणा राखे । उनले भने, ‘वीरगञ्ज आर्थिक नगरी हो भनि महसुस भएको छैन, पार्टीभित्र कतिपय यस्ता नेताहरु छन् जसले कामै गर्न दिएन, पार्टीले यसको बारेमा केही बोल्न दिनुपर्छ ।’ वीरगञ्जमा जतिपनि ठूला ठूला परियोजनाहरु छन् ती सबैमा मुद्दा लगाएर रोक्न लगाएको गुनासो गर्दै उनले यसमा पार्टीले एक्सन लिनुपर्ने धारणा राखे । उनले कार्यक्रममा उपस्थिति जसपाका मन्त्रीहरुलाई वीरगन्जप्रति विशेष ध्यान दिन आग्रह गरे । बैठकमा पार्टीका वरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री महम्मद इस्तियाक राई, कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य एवं संघिय मामिला तथा प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य एवं वन तथा वातावरण मन्त्री प्रदीप यादव लगायतको उपस्थिति रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here