काठमाडौं ।। नेकपा (एमाले) ले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन र मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ ।
आफूहरूले यी दुई माग प्रस्तुत गरेको एमालेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । “हाम्रो माग अर्थमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने र उनलाई बर्खास्त गर्नुपर्ने भन्ने हो । हामी आन्तरिक छलफलमा छौँ,” भट्टराईले भने । आफूहरूको माग सम्बोधन नहुँदासम्म विरोध जारी रहने उनको भनाइ छ ।
संसदीय समिति गठनका लागि गृहकार्य भइरहेको सत्तापक्षीय नेताहरू बताउँछन् । त्यसैका लागि आज बिहान ११ बजे बोलाइएको बैठक २ बजेसम्म स्थगित पनि गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here