एजेनसी ।। विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ५३ करोडभन्दा धेरै पुगेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ६ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको सङ्ख्या ५३ करोड ६ लाखभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ । वल्डोमिटरका अनुसार विश्वभर अहिलेसम्म ५५ करोड ६२ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ६३ लाख ६४ हजारको भने मृत्यु भएको छ । गत २४ घण्टामा मात्रै ७ लाख ७३ हजार नयाँ सङ्क्रमित थपिँदा एक हजार २ सय भन्दा धेरैको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ करोड ९७ लाखमा कोरोना पुष्टि हुँदा १० लाख ४३ हजारको मृत्यु भएको छ भने ८ करोड ५३ लाख निको भएका छन् । यस्तै ४ करोड ३५ लाखमा कोरोना पुष्टि भएको भारतमा ४ करोड २८ लाख निको हुँदा ५ लाख २५ हजारको भने मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here