काठमाडाैं ।। सत्ता गठबन्धनमा रहेका मुख्य दुई दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भित्र विवाद बढ्न थालेको छ । सङ्घ र प्रदेशको चुनावको समय नजिकिँदै गएको बेला यी दुई मुख्य दलमा आन्तरिक विवाद बढ्न थालेको हो । पार्टीमा रहेका नेता र अध्यक्षहरूबीच विचार नमिले पछि जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको सङ्घारमा पुगेको छ । पछिल्लो समय दुई अध्यक्षबीच आरोप प्रत्यारोप चलिरहेको थियो । पार्टीभित्रको विवाद बढेपछि जसपाले केन्द्रीय समितिको बैठक बोलाएको छ । असार २७ र २८ मा बैठक बोलाइएको जसपाका केन्द्रिय समिति सदस्य प्रमोद गुप्ताले सीआईएनलाई जानकारी दिनुभयो । महन्थ ठाकुरले अलग पार्टी बनाएको ९ महिनामा भट्टराई पनि पार्टीबाट बहिरिने निश्चित भएपछी जसपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो । सत्तामा रहेका दलहरूका शीर्ष नेताहरूले आगामी निर्वाचनसम्म गठबन्धन टिकाइरहने बताउँदै आएका छन् । तर, दलहरूबीचको आन्तरिक विवादले गठबन्धनको भविश्य खतरामा देखिएको जानकारहरू बताउँछन् ।
सत्ता गठबन्धनमा रहेका नेकपा एस र जसपा भित्र विवाद बढ्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।