राैतहट ।। हिजो मंगलवार बिहानैदेखि भएको वर्षाका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । मनसुन सक्रियहुँदा देशभर वर्षा भइहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबैजसो ठाउँमा हिजोबाट हल्कादेखि भारी वर्षा भैरहेको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलले यो प्रक्रिया बिहिवारसम्म चल्ने भएकाले सतर्क रहन आग्रह गर्नुभएको छ । तराईका जिल्लामा केही दिन अझ बढी वर्षा हुने भएकाले डुवानको जोखिम रहने पौडेलले बताउनुभयो । बिहिवार बेलुका वा शुक्रवार बिहानदेखि भने मौसम क्रमिक रुपमा सुधार हुँदै जाने उहाँले जानकारी दिनुभयो ।
Home मुख्य समाचार वर्षाका कारण रौतहट सहित मधेश प्रदेशकाे जनजीवन प्रभावित, शुक्रवारदेखि मौसममा सुधार आउने





