रौतहट ।। शहरी विकासको बजेटमा कालोपत्रे भईरहेको रौतहटको दुधिअवा देखी जंगलशैया सडकको एमालेका स्थायी कमिटी सदस्य एवम पुर्व शहरी विकास मन्त्री प्रभु साहले अनुगमन निरिक्षण गर्नु भएको छ ।
करीब १६ करोडको लागतमा संचालनमा रहेको आयोजनालाई पुरा गर्ने जिम्मा लिएको आश्रय निर्माण सेवाले मापदण्ड विपरित काम गरीरहेको अनुगमनको क्रममा पाईएको अनुगमन टोलीले जनाएको छ । ७ मिटर चौडाईमा कालोपत्रे गर्नु पर्ने सडकलाई निर्माण कम्पनीले खर्च जोगाउन साँघुरो बनाएको अनुगमनको क्रममा ४ मिटर ३० इन्च र ५ मिटर ६५ इन्च पाईएको अनुगमन टोलीमा सहभागी एमाले रौतहटका जिल्ला अध्यक्ष त्रिभुवन साह (अमरजी) ले जानकारी दिनुभयो ।
ठेक्का साकार गरेको निर्माण कम्नीले जिल्लाको विभिन्न ठाउँ मा समयमा निर्माण कार्य पुरा नगरेको र गुणस्तरहीन काम गरेको गुनासो आएपछि निर्माणाधिन सडकको अनुगमन गरिएको उहाले जानकारी दिनु भयो । सडक निर्माणका क्रममा भएका त्रुटीलाई तत्कालै सुधार गरी समयमै निर्माण कार्य पुरा गर्न पुर्व मन्त्री प्रभु सहाले ठेकेदार कम्पनी तथा शहरी विकास कार्यालयका अधिकारीहरुलाई निर्देशन समेत दिनु भयो ।तत्कालिन शहरी विकास मन्त्री भएकै बेलामा पुर्व मन्त्री साहकै पहलमा दुधिअवा देखी जंगलशैया लगायतका सडकलाई कालोपत्रे गर्ने योजना पास भएको थियो ।
पुर्व मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रको हरेक सडकलाई धुलोमुक्त बनाउने अभियानलाई सफल पार्न अनुगमनमा जोड दिन थालेका हुन । अनुगमन टोलीमा एमालेका केन्द्रिय सदस्य एवम पुर्व प्रदेश सांसद कुन्दन कुशवाहा, एमालेकी मधेश प्रदेश कमिटीकी उपसचिव आरती भण्डारी, एमाले रौतहटका जिल्ला अध्यक्ष त्रिभुवन साह(अमर), शहरी विकास कार्यालय, डिभिजन सडक कार्यालय, आश्रय निर्माण सेवाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here