काठमाडाैं ।। नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टीले सिफारिश गरेका मन्त्रीको शपथ ढिला हुनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि दोष रहेको आरोप लगाएका छन् ।
नेकपा एसका मन्त्री फेरिनेबित्तिकै पार्टीमा दबाब पर्ने भएकाले आफूहरूको शपथ प्रचण्डले रोकिराखेको आरोप चौधरीले लगाए । ‘समाजवादीकालाई शपथ गराएपछि माओवादीभित्र पनि प्रेसर बढ्छ, सोही कारण लेट लेट भन्नुभएको छ,’ चौधरीले भने, शपथ रोकिनुमा कमजोरी प्रधानमन्त्रीको हो, भूमिका प्रचण्डको हो ।’
पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै चौधरीले नेकपा एसका मन्त्रीको शपथ गराउने दायित्व प्रधानमन्त्री शेरबहादुर देउवाको भए पनि प्रचण्डका कारण शपथ रोकिएको बताए । उनले पार्टीको निर्णय २२ दिनसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश पोखे ।
‘गठबन्धनका नेताहरूको कुरा सम्बोधन गर्नु प्रधानमन्त्रीको दायित्व हो,’ उनले भने, ‘२२ दिनसम्म रेस्पोन्स गर्नुभएन । कि त एकीकृत समाजवादी चाहिन्न भन्नुपर्‍यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here