एजेन्सी ।। न्यूयोर्कमा बन्दुकमाथि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले खारेज गरेको छ । एक दशक पुरानो न्यूयोर्क राज्यको कानून अनुसार त्यहाँका बासिन्दाले सार्वजनिक स्थानमा बन्दुक बोक्न ‘उचित कारण’ देखाउनुपर्ने कानुन असंवैधानिक भएको फैसलामा उल्लेख छ । सर्वोच्च अदालतले न्युयोर्क राज्यको कानूनले संविधानको दोस्रो संशोधनमा उल्लिखित अधिकारहरूको उल्लङ्घन गरेको बताएको छ, जसले अमेरिकी नागरिकहरूलाई ‘हतियार राख्न र बोक्ने जनताको अधिकार’ दिएको थियो ।





