काठमाडाैं ।। विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सर्पको टोकाइबाट बर्सेनि एक हजार मानिसको मृत्यु हुने गरेको छ । राष्ट्रिय विपद् न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार भने गत वर्ष सर्पको डसाईबाट ३७ जनाको मृत्यु भएको थियो भने यस वर्षको २ महिनामा ८ जनाको मृत्यु भएको छ । मनसुन सुरु भएसँगै सर्पको विगविगि सुरु हुने र सर्पको डसाईले मृत्यु हुनेको सङ्ख्या बढ्ने देखिन्छ । नेपालमा तराईका सबै जिल्ला र केही पहाडी जिल्लामा समेत सर्पको प्रकोप पाइन्छ । सर्पले टोकेपछि समयमा नै उपचार नहुँदा कतिपयको मृत्यु हुने गरेको छ । उपचार गर्नु भन्दा सर्पको डसाईबाट नै बच्न विज्ञहरूले सुझाब दिने गरेका छन् । सर्पको डसाईबाट बच्न अँध्यारोमा नहिँड्न, हिँड्नै परे बत्ती बालेर हिड्न, खाली खुट्टा नहिँड्न, भुइँमा नसुत्न, झुल लगाएर मात्रै सुत्न, सुत्नुअघि ओछ्यान राम्रोसँग जाँचेर सुत्न तथा घर वरपर सरसफाइ गर्ने जस्ता साबधानी अपनाउनुपर्नेमा विज्ञहरूको जोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here