काठमाडाैं ।। आज विश्व योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘मानव जीवनका लागि योग’ भन्ने आह्वानसहित आज विश्व योग दिवस मनाउन लागिएको हो । हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि विश्व योग दिवस मनाउन थालिएको हो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ । योगले मानिसलाई विभिन्न रोग र तनावबाट मुक्त गर्न मद्दत गर्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here