बैतडी ।। बैतडीमा आजदेखि चार दिनका लागि बिजुली सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार आजदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । विद्युत् सवस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भट्टले बताउनुभयो । उहाँका अनुसार नयाँ सवस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुन लागेको हो । मर्मत तथा नयाँ सवस्टेशन राख्न चार दिन लाग्ने अनुमान गरिएको पनि उहाँले बताउनुभयो । सवस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका लागि सवस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको भट्टले बताउनुभयो । आज बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिने भएकाले बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । यद्यपि वैकल्पिक लाइनमार्फत् विद्युत् सेवा पुनः सञ्चालन गर्न उपाय खोजि भइरहेको भट्टको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here