काठमाडाैं ।। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम अर्थात अमेरिकि राज्य स्तरको सहकार्य कार्यक्रम एसपीपी केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गर्नुभएको छ । महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी काँग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताउनुभयो । उहाँले कूटनीतिक मर्यादा विपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । नेपाल शिक्षक संघ, ललितपुरले आज पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा उहाँले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलकको हित विपरितका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहो¥याउनुभयो । तर एमाले अध्यक्ष ओलीले भने आफ्नो भन्दा अघिल्लो सरकारको पालामा यो प्रक्रिया अघि बढेको तर आफूले यसलाइ रोकेको दाबी गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here