रौतहट ।। रौतहटको मध्य भागमारहेको माधव नारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादव उर्फ बैजु यादव आफुले नगरवासीको सेवा सुविधाको लागि सधै अग्रसर रहेको बताउनु भएको छ । नगरप्रमुख यादवले आज वार्ड नं. ३ भेल्ही टोलका वासीको लागि झुलुङ्गे पुलको सिलान्यास गर्दै, आफ्नो कार्यकाल सुरु भएदेखि नै आफ्नो प्रतिबद्धता आनसार काम गर्दै आएको बताउनु भएको छ ।
चुनावी प्रतिबद्धता अनुसार मेयर यादवले माधव नारायण नगरपालिका ३ मा अवस्थित भेल्हीमा कमदेही खोलामा झुलुङ्गे पुलको शिलन्यास गरेका छन्। माधव नारायण नगरपालिकाका जनताले लामो समयदेखि नै झुलुङ्गे पुलको माग गरि रहेका थिए। जनताकै मागको सम्बोधन गर्दै मेयर यादवले आज झुलुङ्गे पुलको शिलान्यास गरेका हुन् ।
मेयर बैजनाथ प्रसाद यादव प्रतिबद्धता मात्र गर्दैनन् तर जनताको माझ सधै भन्ने गर्छन ‘म जे भन्छु, त्यहि गर्छु’। उनले आफु मेयर भएदेखि विभिन्न संरचनाको शिलान्यास गरेका छन्। निवर्तमान मेयरले पाँच वर्षमा पनि सुरु गर्न नसकेको नगरपालिका भवनको निर्माण कार्य बैजु यादव मेयर हुनेबित्तिकै सो भवनको निर्माण कार्य सुरु भएको छ।
यस्तै मेयर यादवले आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधारको विकासमा बिशेष ध्यान दिने बताएका छन्। उनले आफ्नो क्षेत्रका बालबालिका केहि वर्षमै उच्च शिक्षाको निम्ति बाहिर जानु पर्ने बाध्यता हट्ने समेत बताएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here