काठमाडाैं ।। सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’ उनले भने ।
प्रतिनिधि सभा बैठकमा सांसदहरुले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै किसानहरुले सर्वसुलभ रुपमा मल पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here