काठमाडाैं ।। नेकपा एमालेका नेता भीम रावलले समाजवाद उन्मुख अर्थतन्त्रको व्यवस्था भनिए पनि बजेटलाई किन नवउदारवादी बाटोमा डोहोर्‍याएको भनेर अर्थमन्त्रीसँग प्रश्न गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सम्बन्धमा जवाफ दिएपछि पूरक प्रश्न गर्दै रावलले एमसीसीको व्याख्यात्मक घोषणा सम्बन्धमा पनि प्रश्न गरेका हुन् ।
‘संविधानको भावनाविपरीत बजेटलाई किन पुँजीवादी नवउदारवादी बाटोमा डोर्‍याउनु भयो ? संविधानको धारा ७ विपरीत बजेटको २२० ठाउँमा अँग्रेजी भाषा किन राखियो ?,’ रावलले प्रश्न गरे, ‘एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणाको पत्र खोइ ? एमसीए नेपाल खारेज भएको हो ?’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here