कञ्चनपुर ।। कञ्चनपुर र कैलालीमा लागु औषध नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय लागु औषध सेवन गर्नेहरूको संख्या बढ्न थालेपछि प्रहरीले सक्रियता बढाएको हो । भारतसँग खुला सीमा नाका भएका यी जिल्लाहरूमा पछिल्लो समय लागु पदार्थको सेवन र कारोबार गर्नेहरूको सङ्ख्या बढ्दै जान थालेपछि प्रहरीले सक्रियता बढाएको हो । कञ्चनपुर प्रहरीका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा लागु पदार्थको सेवन तथा कारोबारमा संलग्न दुई सय ३० जना प्रक्राउ परेका छन् । चालु आर्थिक वर्षको हालसम्म लागु पदार्थको सेवन तथा कारोबारमा संलग्न एक सय ९८ जना पक्राउ परेका छन् । सीमा नाकामा जाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले बताउनुभयो । कैलालीमा पनि लागु औषधको कारोबार घटाउन प्रहरीले सक्रियता बढाएको छ । कैलालीमा चालु आर्थिक वर्षमा लागु औषधमा संलग्न एक सय ३९ जना विरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेद जोशीले बताउनुभयो । लागु औषध नियन्त्रण ऐन, २०३३ अनुसार गाजा, अफिम लगाएत अन्य निषेधित कार्य गर्ने, गराउने व्यक्तिलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुन्छ । कसुर हेरिकन यसको सजायँ थप बढ्न सक्छ । लागु औषध नियन्त्रणको लागि घर, समाज र सरकार सबै लाग्नुपर्ने इन्सेक सुदुरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताउनुभयो । खुला सीमाना, छिट्टै धेरै पैसा कमाउने चाहना तथा घर परिवारको बेवास्ता लगायतका कारणले पछिल्लो समय लागु पदार्थको सेवन तथा कारोबार गर्नेहरूको सङ्ख्या बढी रहेको छ । यसको नियन्त्रण र यस विरुद्धमा सचेतना जगाउन विभिन्न तहमा अभियानहरू चलिरहेको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here