राैतहट ।। रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ३ औरैयामा अपहरणको शैलीमा घरबाट उठाएर लागि मलद्वारमा काक्रो छिराएर गरेको कुटपिटबाट एक जनाको मृत्यु भएको छ !
कुटपिटबाट गम्भीर रुपमा घाइते भएका स्थानीय ५० वर्षीय विगन ठाकुरको उपचारको क्रममा विरगंज स्थित तराई अस्पतालमा मृत्यु भएको हो ! जेष्ठ १ गते विहान करिव ३ बजेको समयमा आफ्नो निर्माणाधीन घरको बाहिर सुतिरहेको ठाकुरलाई सोहि वडा निवासी ३५ वर्षीय राजनन्दन किशोर प्रसाद यादव सहित ३ ,४, नचिन्हेका व्यक्तिहरु आइ ठाकुरलाई लागि कुटपिट गर्नुको साथै मलद्वारमा बलपूर्वक काक्रो छिराएको प्रहरीले जनाएको छ ! गम्भीर अवस्थामा रहेका ठाकुरलाई जिल्ला असपताल गौरमा ल्याई ६ दिन राखेर उपचार गराउदा पनि सुधार हुन् नसक्दा अस्पतालका चिकित्सकहरुले थप उपचारका लागि विरगंज पठाएकोमा उपचारकै क्रममा ठाकुरको मृत्यु भएको पिडित परिवारले जनाएको छ !
प्रहरीका अनुसार ठाकुरको मलद्वारमा बलपूर्वक काक्रो छिराएको कारण मलद्वार र आन्द्रा फुट्न गई दिशा बाहिर निस्की पुरै पेट तथा भित्रि अंगहरु इन्फेक्सन भएको कारण शैल्यक्रिया गरेर पनि ठाकुरको ज्यान बाच्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शोभन विक्रम रानाले जनाएको छ ! मृतकको शवलाई परिक्षण गराई सदगतको लागि परिवारको जिम्मा लगाइएको छ ! घटनामा संलग्न रहेको आरोपमा राजनन्दन किशोर प्रसाद यादव लाइ पक्राउ गरि थप अनुसन्धानको कार्य अगाडी बढाईएको र अन्य आरोपितलाइ खोज तलाश भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ !