एजेन्सी ।। अमेरिकाले युद्ध लम्ब्याउन खोजेको रुसले आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कीभलाई नयाँ लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने बताएपछि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकाले युद्ध लम्ब्याउन खोजेको र शान्ति वार्ता पुनः सुरु गर्न युक्रेनी नेतृत्व इच्छुक नदेखिएको बताउनुभयो । राष्ट्रपति बाइडेनले भने यो सहयोगले रूसको बिरूद्ध कीभको वार्तालाई बलियो बनाउने र कूटनीतिक समाधानमा सघाउ पुग्ने बताउनुभएको छ । यसअघि जर्मन सरकारले पनि युक्रेनमा हवाई रक्षा प्रणाली पठाउने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here