काठमाडाैं ।। नेपालमा थप १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार ८ सय ४२ कोरोना परीक्षण गरिएको छ । जसमा ३ हजार ९ सय २९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १२ र ९ सय १३ एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ११ जना स्वस्थ भएका छन् । योसँगै कोरोनाबाट सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार १ सय २ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९८ रहेको छ । गत २४ घन्टामा देशभर कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here