काठमाडाैं ।। केन्द्रीय तथ्याङ्क विभागका अनुसार राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन कार्य ९५ प्रतिशत सकिएको छ । गत बैशाख ६ देखि सुरु भएको राष्ट्रिय कृषि गणनाको तथ्याङ्क सङ्कलन मिति सकिन लाग्दा अझै पाँच प्रतिशत तथ्याङ्क सङ्कलन गर्न बाँकी रहेको हो । प्रत्येक १०÷१० वर्षमा कृषि गणना गर्दै आएको विभागले यसपटक ७ सय ५३ पालिकाका तीन लाख ५० हजार किसानका घरमा पुगि कृषि गणना गरिरहेको छ । तराईका केहि पालिकाहरूमा गणना गर्न बाँकी रहेकोले तोकिएको समयमै गणना कार्य सकिने विभागका निर्देशक बद्रिकुमार कार्कील बताउनुभयो । कृषि गणनाका लागि अहिले देशभर पाँच हजार दुई सय गणक र एक हजार तीन सुपरीवेक्षक खटिएका छन् । सातौँ कृषि गणनामा गणकले सङ्कटमा रहेका रैथाने पशुपन्छीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपन्छीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गरिरहेका छन् । कृषि गणनाको परिणाम आउन करिव ६ महिना लाग्ने विभागले जनाएको छ । ्

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here