काठमाडाैं ।। हिजो विहानदेखि वेपत्ता भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार वेपत्ता जहाजको खोजीमा गएका शेर्पाहरुको टोली र स्थानीयबासीले मुस्ताङको थासाङ गाउँपालिका २ मा जहाजका अवशेष देखिने तस्विर खिचेर आज बिहान पठाएको जानकारी दिनुभयो । दुर्घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नीरिक्षक राजकुमार तामाङ नेतृत्वको टोली पुगेर विवरण सङ्कलन गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । विदेशी नागरिक, चालक दलका तीन सदस्यसहित २२ जना सवार जहाज हिजो बिहानदेखि वेपत्ता थियो । पोखराबाट जोमसोमका लागि उडेको विमान म्याग्दीको आकास कटेपछि सम्पर्कविहीन भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।