काठमाडाैं ।। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा चार सय वटा आचारसंहिता उल्लङ्घनका घटना भएको निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० को निर्वाचनका लागि आयोगले चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो । त्यसबीचमा चार सय वटा आचारसंहिता उल्लङ्घनका घटना आयोगको जानकारीमा आएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँले आचारसंहिता उल्लङ्घन गर्ने ९५ जनालाई स्पष्टिकरण समेत सोधिएको बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।