रौतहट ।। रौतहटको माधवनारयण नगरपालिका वडा नं ६ माधोपुरका निर्वाचित वडा अध्यक्ष रामनरेश यादवले आज पदभार ग्रहण गरेका छन ।
नवनिर्वाचित नगर प्रमुख बैजनाथ प्रसाद यादवबाट पद तथा गोपनियताको सपथग्रहण गरेलग्त्तै बुधवार साँझ वडा अध्यक्ष यादवले वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष यादवले आजदेखी पाँच वर्षको लागि माधोपुर गाँउ हाक्ने जिम्मेवारी सम्हालेका हुन । कार्यभार सम्हाल्न वडा कार्यालय पुगेका यादवलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।
वडा अध्यक्षको कार्यभार सम्हाल्दै यादवले आउँदो पाँच वर्षभित्रमा वडा नं ६ लाई एउटा नमुना वडा बनाउने उदघोष गरेका हुन ।
गाउँलाई सुखी, समृद्ध र विकसित बनाउन आफु कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाए ।
जनताको चाहना र भावना अनुसारको काम गरी गाउँलाई जिल्लामा मात्र नभई देशमै चिनाउने गरी विकास निर्माण लगाएतको कार्य गर्ने उनले बताए ।
आफु जनताको मालिक नबनी सेव कबनेर जनताको चाहना अनुसारको काम गर्नबाट कहिल्यै पछि नहटने उनले उदघोष गरे ।
आफु शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार निर्माण लगाएत कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
उनले आगामी दिनमा डे टु डे जनचाहना, जनअपेक्षा अनुसार काम हुने बताए । उनले समस्या चाडो भन्दा चाडो सामाधान गर्ने गरी काम अगाडी बढाउने बताए । कार्यक्रम मुखि भन्दा पनि जनतामुखि कामलाई पहिलो प्राथमिकता दिने उनले बताए ।
वडा अध्यक्ष रामनरेश यादवद्धारा पदभार ग्रहण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।