नुवाकोट ।। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नुवाकोटमा १७ हजार भन्दा बढी मत वदर भएको छ । मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर मतको सङख्या बढेको हो । १२ स्थानीय तह रहेको नुवाकोटमा यस निर्वाचनमा दुई लाख ३७ हजार चारसय ३४ मतदाता थिए । जसमध्ये एकलाख ६८ हजार एकसय ५५ मत अर्थात् ७० दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार नुवाकोटमा कुल खसेको मतको १७ दशमलव ८१ प्रतिशत अर्थात् १७ हजार ७ सय ९१ मत वदर भएको छ । सबैभन्दाबढि वेलकोटगढी नगरपालिकामा तीनहजार ५ सय ५८ मत र सबै भन्दा कम सात सय ४६ मत पन्चकन्या गाउँपालिकामा वदर भएको छ । विदुर नगरपालिकामा दुई हजार चारसय ७९ मत वदर भएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कुल खसेको मतमध्ये एकलाख ५० हजार तीनसय ६४ मत सदर भएको थियो ।
स्थानीय तहको निर्वाचनमा नुवाकोटमा १७ हजार भन्दा बढी मत वदर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।