रौतहट ।। गत शुक्रवार भएको स्थानिय तह निर्वाचनमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका(२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् । उनलाई प्रहरीले बिहीबार राति उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा रौतहटको यमुनामाई(२स्थित श्री मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटिएको थियो।प्रहरीले हवाई फायर गरेपछि बैठाले सो मतपेटिका छाडेर भागेका थिए। घटनापछि फरार भएका बैठाको खोजी गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार उनी पूर्व प्रहरी हवल्दार समेत हुन्।‘उनी पूर्व प्रहरी हुन् भन्ने बुझिएको छ। प्रहरी भइसकेको हुँदा धेरै कुराहरूमा सहज हुन्छ। उनलाई धेरै कुरा थाहा रहेछ। सुरक्षा व्यवस्था कस्तो छ भन्ने पनि थाहा हुन्छ, ’ उनले भने, ‘उनी आफै पनि कति पटक खटिसकेको पनि होला।’ उनी कुन पार्टीमा आबद्ध छन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीमाथि निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बैठाले नेपाल प्रहरीमा १७ वर्ष काम गरेका थिए।
रौतहटमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।