काठमाडाैं ।। गत शुक्रवार भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । यो खबर तयार पार्दासम्म ६ सय २५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले २ सय ७८ स्थानीय तहमा जित हाँसिल गरेको छ भने ४५ स्थानमा अगाडी रहेको छ । यसैगरी नेकपा एमाले १ सय ७४ पालिकामा विजयी हुँदा २४ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय ११ स्थानमा जित हाँसिल गरेको छ भने १० स्थानमा अगाडी रहेको छ । अन्य तर्फ २३ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ११ स्थानीय तहमा अगाडी छन् । जनता समाजवादी पार्टी (जसपा)ले १८ स्थानमा जित निकालेको छ भने १७ स्थानमा अगाडी रहेको छ । नेकपा एकीकृत समाजवादीले १४ स्थानमा जितेको छ भने ५ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ७ स्थानमा विजयी हुँदा ५ स्थानमा अगाडी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here