एजेन्सी ।। भारतले निर्यातमा रोक लगाएपछि अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिक्रि हुने गहुँको मूल्य ३ दिनमा ५ दशमलव ९ प्रतिशतले बढेको छ । भारतमा अत्यधिक गर्मीका कारण गहुँ उत्पादन प्रभावित भएपछि सरकारले निर्यातमा रोक लगाएको हो । यसवर्ष विश्व बजारमा गहुँको मूल्य ६० प्रतिशतसम्म बढेको छ । गहुँको मूल्य बढेपछि गहुँबाट बन्ने खाद्यान्न पनि महँगीएको छ । भारत गहुँ उत्पादन गर्ने विश्वको दोस्रो मुलुक हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।