काठमाडाैं ।। भोलि हुने स्थानीय तह निर्वाचनको लागि लगभग सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । ७७ ओटै जिल्लामा मतदानको लागि सम्पूर्ण सामग्री पुगेको छ भने मतदानमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू पनि सम्बन्धित स्थानमा पुगिसकेका छन् । हिजोबाट मौन अवधि लागू भएपनि उम्मेद्वारहरूले मौन अवधिको पालना भने गरेका छैनन् । सभा जुलुस तथा समुहमा घरदैलो कार्यक्रम नभए पनि उम्मेद्वारहरूले एक्लाएक्लै मतदातालाई भेट्ने तथा मत माग्ने जस्ता काम गरिरहेको पाइएको छ । निर्वाचन आयोगले भने यसरी मौन अवधि उल्लङ्घन गरेको उजुरी परेको खण्डमा कारबाही गर्ने जनाएको छ । मौन अवधिमा चुनावसँग सम्बन्धित गतिविधि नगर्न आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आग्रह गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here