काठमाडाैं ।। निर्वाचन हुनुभन्दा ७२ घन्टा अघि मौन अवधि लागू भए पछि आचारसंहिता उल्लङ्घन भए नभएको विषयमा पर्यवेक्षकहरू पनि सचेत छन् । निर्वाचनलाई सभ्य, शान्तीपूर्ण तरिकाले सम्पन्न गराउने र उम्मेदवार, राजनीतिक दल तथा निर्वाचन आयोगले गरिरहेको गतिविधिबारे निगरानीको जिम्मा पाएका पर्यवेक्षकहरू आचारसंहिता उल्लङ्घन भए नभएको विषयमा सचेत छन् । मौन अवधि लागू भइसकेको अवस्थामा देशका विभिन्न स्थानमा आचारसंहिताको उल्लङ्घन भइरहेको निर्वाचन पर्यवेक्षकको जिम्मा पाउनुभएका अभिलेश विनितको भनाइ छ । उहाँका अनुसार मधेश प्रदेशका अधिकांश क्षेत्रमा मौन अवधिमा गर्न नहुने चुनावी गतिविधि भइरहेका छन् । मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा लुकिछिपी उम्मेदवारहरू मतदाताको घरघरमा गएर भोट माग्ने काम गरिरहेको बताउनुभयो । मौन अवधिको समयमा निर्वाचन आयोगले जारी गरेको आचरसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने भएपनि ठाउँठाउँमा आचारसंहिता उल्लङ्घन भइरहेको छ । उम्मेद्वारहरू सानो समूह बनाएर घर घरमा पुगी मत माग्ने काम गरिहरेका छन् भने सामाजिक सञ्जालबाट भोट आह्वान गरिएका पोष्टहरू पनि भइरहेका छन् । यो समयमा उम्मेद्वारहरूले मतदातालाई फकाउने तथा पैसा समेत वितरण गर्ने काम मधेसका कतिपय स्थानमा भइरहेको सामुदायिक रेडियोकर्मीहरूले बताएका छन् । मधेस प्रदेशमा मात्रै होइन पहाडी जिल्लाहरूमा पनि मौन अवधिको उल्लङ्घन भइरहेको छ । खोटाङमा जुलुसहरू भएका छैनन्, तर उम्मेद्वारहरू एक्ला एक्लै पनि मत माग्ने काम पनि गरिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here