एजेन्सी ।। सन् २०२६ सम्म तापक्रम १ दशमलव ५ डिग्रीले बढ्ने एक अध्ययनले देखाएको छ । जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यो शताब्दीको अन्त्यसम्म १ दशमलव ५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम बढ्नसक्ने एक अध्ययनले देखाएको हो । विश्व मौसम संगठन (ओएमआई) का लागि ११ वटा विभिन्न संस्थाका मौसमविद् सम्मिलित टोलीले सार्वजनिक गरेको अध्ययनले तापक्रम वृद्धिको तोकिएको सीमा अबदेखि सन् २०२६ को अन्त्यसम्म कुनै पनि बेला पार हुन सक्ने ४८ प्रतिशत सम्भावना देखिएको छ । गत वर्ष गरिएका केही आँकलनले यो सम्भावना ४० प्रतिशत रहेको देखाएका थिए । एक दशकअघिसम्म यो सम्भावना १० प्रतिशत मात्र थियो । सन् २०१५ मा गरिएको पेरिस सम्झौताले १९औं शताब्दीको अन्त्यताकाको तापक्रमको तुलनामा पृथ्वीको तापक्रम वृद्धिलाई सकेसम्म १ दशमलव ५ प्रतिशतभन्दा बढीले बढ्न नदिने लक्ष्य लिएको छ । बेलायतको मौसम विज्ञान कार्यालयले संयोजन गरेको अध्ययन टोलीको आँकलन अनुसार सन् २०२६ को अन्त्यसम्म विश्वले सर्वााधिक गर्मीको सामना गर्न सक्नेछ ।
सन् २०२६ सम्म तापक्रम १ दशमलव ५ डिग्रीले बढ्ने अध्ययनको निश्कर्ष
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












