काठमाडाैं ।। केन्द्रीय तथ्याङ्क विभागले ‘राष्ट्रिय जनगणना २०७८’को नतिजा आगामी असोजभित्र प्रकाशित गर्ने जनाएको छ । हालसम्म गण्डकी, कर्णाली प्रदेशका २५ जिल्लाको लगत प्रशोधन गरि लुम्बिनी प्रदेशको सुरु गरेको विभागले जानकारी दिएको छ । दुई महिनाको अवधिमा करिव ३५ प्रतिशत तथ्याङ्क राख्ने काम सकिएको निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । कुनै किसिमको महामारी वा विपत्ती नआए आगामी असोजसम्ममा नतिजा प्रकाशन गर्ने लक्ष्यका साथ लगत प्रशोधन कार्यमा साढे ४ सय कर्मचारी खटिएका छन् । काठमाडौँ महानगरपालिकालगायत काठमाडौँ जिल्लाका ६ वटा नगरपालिकामा ट्याबलेटबाट जनगणना लिइएकाले उक्त लगत पुनः प्रशोधन गर्नुपर्ने छैन । विभागले गत माघमा सार्वजनिक गरेको प्रारम्भिक नतिजाले देशको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here