काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०१० जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
त्यस्तै सोही अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २१ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २०१ छ। जसमध्ये क्वारेन्टाइनमा १०६ जना छन्।
नेपालमा कूल संक्रमितको संख्या ११ लाख १९ हजार १ सय ४३ ९एन्टिजेन र पीसीआर परीक्षण० पुगेको छ भने ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ। हाल निको हुने दर ९८।८ प्रतिशत छ।
मन्त्रालयका अनुसार हालसम्म ४ करोड २२ लाख ८१ हजार ३ सय १४ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here